विराटनगरमा तस्करी गर्नेका घर–घरमा छापा मारेर सामान नियन्त्रणमा लिदैं प्रहरी

<span class='c1'>विराटनगरमा तस्करी गर्नेका घर–घरमा छापा</span> <span class='c2'>मारेर सामान नियन्त्रणमा लिदैं प्रहरी</span>

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ ।
प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ ।

भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा मार्दा १ लाख ६७ हजार ३०० मूल्य बराबरको कपडा र चुरा बरामद गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी विराटनगर–९ मा बेवारिसे अवस्थामा रहेको १ लाख ४५ हजार ३०० मूल्य बराबदरको कपडा तथा किरानाको सामान फेला पारि भन्सार कार्यालयमा बुझाइएको प्रहरीको दावी छ । प्रहरीले सडक किरानाबाट बरामद गरेको कपडा तथा किरानाका सामान भारतबाट अवैध रुपमा ल्याएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्