उद्योगका सामान बोकेका सवारीसँग रकम असुल्दै बुढीगंगा गाउँपालिका

उद्योगका सामान बोकेका सवारीसँग रकम असुल्दै बुढीगंगा गाउँपालिका

विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।  गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् ।

शुल्क लिएकोप्रति मोरङ व्यापार संघले औपचारिक रुपमै आपत्ति जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले गाउँपालिकाले जबर्जस्ती एकतर्फी रूपमा रकम असुलिएकोमा आपत्ति जनाएका छन्। नेमुवा प्रहरी चौकीबाट पूर्वतर्फको नहरको बाटोमा गाउँपालिकाले शुल्क उठाइरहेको छ। उनले उक्त नहरको बाटोमा कम्तीमा ५० वटा उद्योग भएको उल्लेख गर्दै गाउँपालिकाले बल प्रयोग गरेर रकम उठाइरहेको गुनासो गरे।

 

उनले यसका बारेमा व्यापार सङ्घले गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई भेटेर पटक–पटक मौखिक र लिखित आग्रह गर्दा पनि केही उपलब्धि नभएको दुखेसो गरे।‘ त्यस क्षेत्रमा ग्यास, पाइप, मास्क र स्यानिटाइजरका गरी मेरामात्र ४ वटा उद्योग छन् । यसबाहेक सिमेन्ट, जुट, साबुन, प्लाईउड लगायतका थुप्रै कारखाना यस क्षेत्रमा छन्। दिनमा २ सयभन्दा बढी सवारी र ढुवानीका साधनसित जबर्जस्ती रकम असुल्ने गरिएको हो ।

उद्योगका सवारी साधनसित जबर्जस्ती रकम असुलिए पनि बाटाको अवस्था भने जीर्ण छ । अनावश्यक रुपमा रकम संकलन गरेर दुःख दिने मात्रै नियत राखिएको भन्दै मर्मत वा निर्माणका लागि गरेको अनुरोधलाई समेत वास्ता नगरिएको हो ।
गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले उक्त बाटोमा गाउँपालिकाले ऐनअनुसार नै सरसफाइ शुल्क लिएको बताए। गाउँपाकिलाले राजमार्गमा मात्र कुनै शुल्क लिन पाउँदैन तर गाउँपालिकाअन्तर्गतको बाटोमा लिन सकिन्छ, अध्यक्ष माझीले भने त्यो बाटोमा हामीले वार्षिक ६ लाखमा ठेक्का लगाएका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्