सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८५

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८५

१. हिजो सम्पन्न आइ.पि.एल २०२०को फाइनल खेलमा ‘म्यान अफ द म्याच’ को घोषित भए ?
--- ट्रेन्ट बोल्ट
[मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर पाँचौ उपाधि जित्न सफल भएको]

२. वर्ल्ड टुरिजम नेटवर्कद्वारा कसलाई ‘अन्तर्राष्ट्रिय टुरिजम हिरो’ अवार्ड बाट सम्मानित गरेको छ ?
--- नेपाल पर्यटन बोर्डका निवर्तमान सी.इ.ओ. दिपकराज जोशीलाई

३. हरेक वर्ष नोभेम्बर १०मा मनाइने ‘अन्तर्राष्ट्रिय विज्ञान दिवस’को यसबर्षको मुख्य नारा के थियो ?
--- ‘विश्वमा शान्ति र बिकासको लागि विज्ञान’

४. छुने बित्तिकै मर्ने माछा कुन हो ?
--- स्टोन फिस

५. कुन स्तनधारी जीवको मुटुको धड्कन सबभन्दा कम हुन्छ ?
--- ब्लु व्हेल

६. इन्द्रावती नदीको सांस्कृतिक नाम के हो ?
--- सत्यवाहिनी

७. क्यामेरा ट्रयापिंग प्रविधि के संग सम्बन्धित छ ?
--- बाघ वा जंगली जनावरकाे गणना

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्