मृगौला पीडित निरुका शब्दमा व्यक्त गर्न नसकिने पीडा

मृगौला पीडित निरुका शब्दमा व्यक्त गर्न नसकिने पीडा

कानेपोखरी । पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। जब आँखाबाट आँसु बहन थाल्छ, तबमात्र पीडा भएको रहेछ भनेर महसुस गर्न सकिन्छ।
म बाँच्न चाहान्छु मलाई बचाइदिनुस् भन्दै बिन्ती गर्दैछिन मोरङ कानेपोखरी गाउँपालिका २ पाँचपोखरी (कालिस्थानदेखि पश्चिम) कि मिर्गौला पीडित ३० वर्षीय महिला निरु परियार।

करिब १० महिना अघि वैदेशिक रोजगारीको लागि विदेश गएकी निरुले २ महिना मात्र काम गरिन, यसपछाडी लकडाउन सुरु भयो र संगसगै स्वास्थ्यमा समस्या आएपछी स्वदेश फर्किएर स्वास्थ्य जाँच गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आयो।
श्रीमान् मानसिक रोगी छ्न। छोरालाई राम्रो शिक्षा दिने उद्देश्य लिएर विदेश गएकी उनको सपना त तुहियो त्यहीमाथि स्वास्थ्यमा गम्भीर समस्या आएपछी जीवन मरणको दोसाँधमा परेकी उनी अहिले आर्थिक सहयोगको अपेक्षा गरेर बसेकी छिन् । आर्थिक अभावका कारण अस्पताल नगई घरमै बस्न बाध्य उनको जीवनका लागि सहयोगको खाँचो परेको हो ।

घरको आर्थिक अवस्था निकै कमजोर छ, घरमा रोजगार गर्ने कोहि छैन। माईतीबाट पनि सहयोग आउने बाटो छैन, बिरामी भएको ३ महिना बढी भयो ऋण खोजेर डाइलाईसिस गर्दा ७०–८० हजार खर्च भइसक्यो–निरुले दुखेसो पोख्दै भनिन्–सबैले सहयोग गरिदिए बाँच्ने थिए की ।

तपाई हामी सबै मिलेर आफुले खर्च गर्ने बाट थोरै रकम भएपनि छुट्टाएर दिन सकियो भने पक्कै पनि उनिले नयाँ जीवन पाउने छिन कि भन्ने हामीले विश्वास लिएका छौ। सहयोगको लागि बिरामी निरु परियारको मोबाइल नम्बर ९८१३०६४१३८,देवर दिनेश दर्जीको ९८११०८५१२५,आमाजु दिदी लक्ष्मी नेपालको ९८१७३८१३३२,भान्जा मनिष नेपालको मोबाइल नम्बर ९८१४३०६०६४ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ र एन आइसी एसिया बैंकमा बिरामीको बुबको खाता नम्बर : ३८५९८७५११८५२४०१ मा सहयोग गर्न अपिल गरिएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्