नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा राउतको उमेदवारी

<span class='c1'>नेपाल उद्योग वाणिज्य महासंघको</span> <span class='c2'>केन्द्रिय सदस्यमा राउतको उमेदवारी</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११, १२ र १३ गते हुन गईरहेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले उमेद्वारी दिनु भएको छ ।

केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश नंं १ का उपाध्यक्ष एवं मोरंग व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष राउतले प्रदेश १ बाट केन्द्रीय सदस्यमा उमेद्वारी दिनु भएको हो ।

उद्योगी राउतले बिहीबार उमेदवारी दर्ता गराउनु भएको छ । मोरंग व्यापार संघकोतर्फबाट उमेदवार हुनु भएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सकृय हुंदै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्