प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड

<span class='c1'>प्रधानमन्त्री निवासमै</span> <span class='c2'>अत्याधुनिक हेलिप्याड</span>

प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको बताउनुभयो । उहाँका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ । हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो । सो हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्