विराटनगरमा राजवादीको विशाल प्रदर्शन

विराटनगरमा राजवादीको विशाल प्रदर्शन

विराटनगर । राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन । राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकिकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन ।

प्रर्दशनको क्रममा मोटरसाईकल ¥याली निकालिएको छ । कंचनवाडीबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । ¥यालीका सहभागिले कंचनवाडीबाट ठुलोमिलचोक,पानीटंकी,तीनपैनीबाट मेनरोड हुँदै महेन्द्रचोक,धरानरोड लगायतका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।

प्रर्दशनमा उत्रेका सहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’ ‘२०४७ को संबिधान लागु गर’ र ‘गणतन्त्र धोका हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुननसक्ने दाबी गर्नुभयो ।

आफुहरुले विगत १५ बर्षदेखी निरन्तर राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको र त्यही बिषयलाई निरन्तरताको क्रममा मोटरसाईल ¥याली आयोजना गरिएको उहाँले बताउनुभयो ।  नगर परिक्रमापछि नगरक्षेत्रको बरगाछीचोकमा कोणसभा समेत आयोजना गरिएको थियो । जसमा राजसंस्था पक्षधर नेताहरुले पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्