बङ्गलादेशमा नेपाली राष्ट्रिय फुटबल टाेली, एक खेलाडीलाई कोरोना

<span class='c1'>बङ्गलादेशमा नेपाली राष्ट्रिय फुटबल</span> <span class='c2'>टाेली, एक खेलाडीलाई कोरोना</span>

मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेकाे नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ ।

कोरोना देखिए पछि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बङ्गलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो ।

त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्