कलेज रोडको दुवै साईडमा रेलिंग, विराटनगरकाे सुन्दरताका लागि कार्य

कलेज रोडको दुवै साईडमा रेलिंग, विराटनगरकाे सुन्दरताका लागि कार्य

विराटनगर प्रदेश न एकको राजधानी । राजधानी विराटनगरमा विकास निमाणर् कामहरु अझै पनि जारी छ । प्रदेश राजधानी विराटनगरको सुन्दरता थप्नको लागी अहिले विराटनगर ९ कलेज रोडका स्थानिय नागरिक लागि परेका छन् ।

विराटनगर ९ कलेज रोडको दुवै साईडमा स्थानीयवासीको पहलमा व्यवस्थित रेलिड लगाउनमा थालिएको हो । रोडको दुवै साईडमा फलामको रंगरोगन सहितको करिव ७ सय मिटर लामो रेलिङ लगाउने काम धमाधम भईरहेको छ ।

सडकमा लगाइएको रङिन र फुल गमला सहितको रेलिङले अरु बेलाको भन्दा फरक र सुन्दरता देखिन थालेको छ ।

विराटनगर प्रदेश नम्बर एकको राजधानीका सडकहरुमा सुन्दर थपियोस भन्ने हिसाबले सडकका दुवै साईडमा फुल सहितको रेलिङ लगाउन लागिएको हाम्रो समाजका अध्यक्ष अनुप कुमार सापकोटाले जानकारी दिए ।

रेलिङ लगाईसकेपछि आगामी दिनहरुमा आम सर्वसाधरणलाई सडक पेटिमा हिड्नको लागी जनचेता समेत दिने अध्यक्ष सापकोटाले बताए ।

कलेज रोडमा रेलिङ लगाईसकेपछि सवारी दुर्घटना पनि न्युनिकरण हुन सक्ने स्थानियको भनाई छ । सडकमा सर्वसाधरणलाई हिड्नको लागी पनि सहज हुने र पार्किङको लागी पनि व्यावस्थित हुने उनीहरु यसरी बताउछन् ।

रेलिङ लगाउनको लागी विराटनगर महानगरपाली वडा न ९ को १६ लाख ५० हजार ४१४ रुपैया र स्थानीय उपभोक्ता समितिको २ लाख ९१ हजार २५० को संयुक्त लगानी गरी जम्मा १९ लाख ४१ हजार ६६४ रुपैँयाको बजेटमा बन्न लागेको कलेज रोड उपभोत्ता समितिले जनाएको छ ।

कलेज रोडमा बन्दै गरेको रेलिङ विराटनगरको लागि एउटा नमूनाको रुपमा बनाउन लागिएको र आगामी छठ पर्वसम्म सक्ने हिसाबले काम भईरहेको कलेज रोड उपभोत्ता समितिका अध्यक्ष द्धारिका मानन्धरले जानकारी दिए ।

विकास निर्माणको लागी वडामा आएको बजेट फ्रिज हुन लागेपछि यहाँका जागरुक स्थानिय नागरिकको विशेष पहलमा आज कलेज रोडको सुन्दरता थपिन लाग्दैछ । हो, यहाँका नागरिकहरुबाट अन्य वडाका नागरिकहरुले पनि केही सिक्ने पो हो की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्