सुनसरी प्रहरीद्धारा लागुऔषध र पटका नष्ट

सुनसरी प्रहरीद्धारा लागुऔषध र पटका नष्ट

विराटनगर । लागु औषध नियन्त्रण अभियान सञ्चालन गरेर विभिन्न समयमा पक्राउ गरेको ब्राउनसुगर सहित ठुलो परिमाणको लागु औषध सुनसरी प्रहरीले नष्ट गरेको छ ।

सुनसरी प्रहरीले पक्राउ गरेको ३सय ८३ ग्राम ३ सय ८८ मिलिग्राम ब्राउनसुगर, सहित नोफिन ,डाइजेल्याव,फेनारागन , फेन्सिडल लगायतको लागु औषध नष्ट गरेको हो ।
गत बैशाख २४ गते यता देखि प्रहरी नोफिल , डाइजेल्याव,फेनारागान , डाइलेक्स डि सी , एभिल, लुपिजेसिक, खैरो हिरोइन , स्पास्मोप्रोक्सिभन , गाजा लगायतका लागु औषध प्रहरी नष्ट गरिएयो ।
प्रहरीले साताव्यापी गाजा फडानी अभियान समेत सञ्चालनमा ल्याएर १५ हजार बढी गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । उनले बैशाखको अन्तिम साता यता देखि लागु औषध अन्र्तगत २हजार ६सय एम्पसुल, ३सय ८३ ग्राम ३ सय ८८ मिलिग्राम ब्राउनसुगर,१२हजार ९ सय ८३ क्याप्सुल , १२हजार ६७ट्याव्लेट , १हजार ११ बोतल लागु औषध नियन्त्रणमा लिएको वताए ।
त्यसै गरी प्रहरीले अवैद्य रुपमा भारत तर्फ निकासी गर्न लागेको मदिरा समेत नियन्त्रणमा लिएर नष्ट गर्याे । प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा र बारुद जन्य पटका , गाजा समेत नष्ट गरियो । लागु औषध अन्र्तगत ६० मुद्धा चलाएको र ९३ जनालाई नियन्त्रणमा लिएको समेत सुनसरी प्रहरी जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्