इलाममा काग सम्मेलन, दुलालले बाेलाए कयाैं काग

इलाममा काग सम्मेलन, दुलालले बाेलाए कयाैं काग

काग तिहारको अवसर कलाकार रमेश दुलालद्वारा आयोजित काग सम्मेलन आज इलाममा सम्पन्न भयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहनुभएको उहाँले कागको आवाज निकालेर काग सम्मेलन गर्नुभएको हो ।सो अवसरमा उहाँले कोरोना सङ्क्रमितको निः शुल्क उपचार गर्न सरकारलाई दबाव दिन काग सम्मेलन आयोजना गरेको जानकारी दिनुभयो । विभिन्न जनावार, चराचुरुङ्गि तथा विभिन्न वाद्यवाधनको आवाज निकाल्ने कलाकार दुलालले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन सम्मन्न गर्नुभएको थियो ।

काग तिहारको अवसर पारेर विगत १६ वर्षदेखि उहाँले काठमाडौँमा सङ्घको आयोजनामा सम्मेलन गर्दै आउनु भएको थियो । यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । जीव, जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न खप्पिस इलाम नगरपालिका २ का दुलाल ‘कागे’ उपनामले समेत परिचित हुन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कलाकार दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताउनुभयो । उहाँले इलाममा राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजना गरेको हो । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानीयको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्