पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन

<span class='c1'>पर्यटनमन्त्रीद्वारा कचनकवल र</span> <span class='c2'>चन्द्रगढी विमानस्थल अवलोकन</span>

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताउनुभएको छ ।
समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभएको हो । भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको आदिवासी, मधेशी र सिमान्तकृत गन्धर्व जातिको बसोवास रहेको कचनकवलमा ठूला होटल नभएको हुँदा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रदेश नं. १ का प्रदेशसभा सदस्य वसन्त बानियाँले कचनकवलमा बन्दै गरेको झिल, रिङरोड, धार्मिक पर्यटकीय स्थल किच्चकबधलगायतका पर्यटन प्रवद्र्धनका गुरुयोजनाका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो ।
गृहजिल्ला ताप्लेजुङबाट चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं फर्कनुअघि मन्त्री भट्टराईले विमानस्थलको पनि अवलोकन गर्नुभएको थियो । विमानस्थल निरीक्षणका क्रममा उहाँले क्षेत्रफल बढाएर स्तरोन्नति गर्न आसपासमा रहेका जग्गा अधिग्रहण गर्न मन्त्रालयले बजेटको व्यवस्था गरेको बताउनुभयो ।

फायल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्