विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १०, तिनटोलिया निबासी प्रा.डा.खगेन्द्र आचार्यले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि केही सहयोग होस भन्ने हेतुले व्यक्तिगत रुपमा रकम जम्मा गरेको बताउनु भयो ।
