नेपालमा थप १ हजार ४ सय ७७ संक्रमित, निको हुने दोब्बर

<span class='c1'>नेपालमा थप १ हजार ४ सय</span> <span class='c2'>७७  संक्रमित, निको हुने दोब्बर</span>

पछिल्लो २४ घण्टामा छ हजार ४७६ जनामा परीक्षण गर्दा थप एक हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ९ हजार ७७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२-२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ÷आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार÷चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच÷पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन÷तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई÷दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्