इटहरी । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यही रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइ दिनु भएको हो ।
आइसोलेसन सुरक्षार्थ खटिएका ११ जना सुरक्षाकर्मी र स्वास्थ्य परामर्शका लागि खटिएका ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइ दिनुभएको थियो । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुग्नुभएको थियो ।
संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन । स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भन्नुभयो “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अब उहाँले भाई बनाउनुभयो । अब दिदी भन्ने बताउँदै मण्डलले यस्तो अवस्थामा पनि टीका लगाउने अवसर जुरेकोमा खुशी व्यक्त गर्नुभयाो ।
चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उहाँहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताउनुभयो । बर्षदिनको चाडवाडका वेला संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले वताउनुभयो । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।