कोरोना संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञसहित दुई चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञसहित दुई चिकित्सकको मृत्यु

कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति र सोमबार बिहान सङ्क्रमित दुबैजना चिकित्सकको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । डा. झाको आज बिहान मृत्यु भएको छ । डा. थापाको आइतबार राति उपचारकै क्रममा निधन भएको हो ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी दुबै जना चिकित्सकको मृत्युले देशलाई ठूलो क्षति पुगेको जनाउँदै सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको उल्लेख गरेको छ ।
मन्त्रालयले मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्