सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

<span class='c1'>सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या</span> <span class='c2'>१० हजार नाघ्यो</span>

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा १७ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई-दुई र बैतडी, दार्चुला र डोटीमा एक÷एक जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ । यो अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्