मोरङको जाँतेमा नौ जुवाडे पक्राउ

<span class='c1'>मोरङको जाँतेमा नौ</span> <span class='c2'>जुवाडे पक्राउ</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई जुवा खेल भईरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरीक्षकको कमाण्डको टोलिले उनीहरुलाई सोमबार बेलुका ८ बजे नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा लेटाङ ९ जाँतेका ददिराम पौडेल, निर्मल मगर, रन्जित गजमेर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम, कुमार पुलामी मगर र वडा नम्बर ३ का यमकुमार शेर्पा रहेको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीले उनीहरुको साथबाट एकलाख ८८ हजार ७४५, एक सेट कौडा, ६ बुक तास र १६ थान मोवायल नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्