कोरोना र मेरो अनुभव : दबाई पनि छैन लुक्ने ठाउँ पनि छैन 

कोरोना र मेरो अनुभव : दबाई पनि छैन लुक्ने ठाउँ पनि छैन 

मेरो काका स्कुटर दुर्घटनामा पर्नुभएको साथै पुनः हृदयघात भएकोले म नोबेल अस्पताल बिराटनगरमा व्यस्त थिए । सबैतिर दसैंको रमझम थियो। बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिड्भाड थियो । छिनछिनमा कोभिडले ग्रस्त भएका बिरामी आउने र मृत्यु भएका बिरामी प्लास्टिकले बेरेर निकाल्ने क्रम चलिरहेको थियो । कसैलाई पनि कोरोनाको पर्वाह थिएन । सबै आफैंमा मस्त थिए।

अस्पतालमा काकालाई हेर्न बहिनी ज्वाईहरु दुबैजना हुनुभएकोले राति सुत्ने पालो दिने सल्लाह गर्दै म गत कार्तिक १७ गते सधैं जस्तै बेलुका घर आए, घर आउँदा थाहा भयो छोरिलाई हल्का रुघाखोकी लागिरहेको रहेछ, कोरोनाको कारण तुरुन्तै डक्टर भेट्न जान भन्दा फोन गर्ने सल्लाह हामी श्रीमान श्रीमतीले गर्यौ । छोरिको नियमित जाँच तथा उपचार गराईरहनु भएको डा.अरुण गिरिले एकैपटकमा फोन उठाएर छोरिको लागि आवश्यक औषधी ह्वाट्सएप मार्फत बताईदिनु भयो । राती अस्पताल जाने भएकोले श्रीमतीलाई तिमी खाना बनाउदै गर म छोरिको लागि औषधी लिएर आउछु भन्दै निस्किए ।

करिब २० मिनेटमा औषधी लिएर आए, तर घर भित्र छिर्दा घरको माहोल नै फरक थियो । भान्सामा पाक्दै गरेको खानेकुराको वास्ना नै आएन भन्दै श्रीमती आत्तिरहेकी थिईन । स्थितिलाई सामान्य बनाउदै नआत्तिन भने तथापि मनमा डर पैदा भयो । अब अस्पताल नजाने निर्णय गरि ज्वाईं साबलाई खबर गरे । उक्त दिन दिउँसो देखिनै मेरो टाउको र पछाडि ढाड निकै दुखिरहेको थियो, चिसो र अरु नै केहि कारणले होला भन्दै वेवास्ता गरिरहेको थिए ।कोरोना सर्ने कुराले सुरुवाती दिनदेखि नै मनमा संत्रास पैदा हुन्थो। त्यसैले जहिले पनि अत्यन्तै होसियार भएर काम गरिरहेको हुन्थें।मास्क र सेनेटाईजर पटक्कै छोडेको थिईन ।

घरमा आवतजावत भैरहने बुबाआमा, काकाकाकी अलिक रोगी र बुढो अनि छोरी सानै हुनाले पनि कता कता डर लागिरहन्थ्यो । केही दिन अगाडि कार्तिक ४ गते पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। कुनै पनि सिम्टम्स देखिएको थिएन।

तर, पछिल्लो पटक कार्तिक १९ गते हामी तिनै जना छोरी समेतको पिसिआरको लागि जैन भवनमा गएर स्वाब दियौं। २० गते बेलूका वडा न ०८ का वडा अध्यक्ष निस्चल अर्यालको फोन आयो । मोबाइलमा निस्चल अर्याल देख्दै पोजिटिभको संका लागिहाल्यो तर सबैलाई हो वा के हो भन्ने भयो वहाँले फटाफट तपाईंहरु दुईजना तपाईं र अस्मिता भट्टराईलाई पोजिटिभ देखायो भन्नुभयो मैले छोरिको नाम हेर्न भने एकछिनमा फोन गर्नु भन्नुभयो । मन आत्तिरहेको थियो श्रीमतीको अनुहारमा उदाशिनता छाएको थियो। ५ मिनेट पछि फोन गरे छोरिको नेगेटिभ छ भन्नूभयो अनि छोरीलाई छुट्टै राख्नुहोला नआत्तिनु कसैलाई पठाउनु वडामा केही औषधि पाईन्छ लगेर खानुहोला भन्नुभयो ।

दुईजनाको रिपोर्ट पोजेटिभ आयो तर अस्ति श्रावण २१ गते ४ पुगेर ५ लागेकी छोरिको नेगेटिभ ।अब झन समस्या आयो अब छोरीलाई कसरी सुरक्षीत गर्ने भन्ने चिन्ताले मन अत्यन्तै दोधारमा पर्यो विभिन्न खालका सल्लाह भए, छोरिलाई काहा राख्ने भनेर । कोरोनाको खास दबाई नभएकोले हामी जे गर्छौ छोरिलाई पनि त्यही गराउने अन्त पठाउदा उसलाई नि गाह्रो हामीलाई छोरीको चिन्ता थप बढ्ने निस्कर्शमा हामी पुग्यौ र आफै सङ राख्ने निर्णयमा पुग्यौं । मेरो सिटि भेल्यू १५.८ र श्रीमतीको २६.५ आएको रहेछ।

विश्वव्यापी फैलिएको कोरोना महामारीले हामीलाई नभेट्नेमा दुई मत थिएन। जतिनै होसियारि गरे पनि कहीँ न कहीँ हामीले होस गुमायौं र हामीलाई कोरोना लाग्यो। जतिसुकै जोखिम भए पनि उच्च सावधानी अपनाएको भए सायद कोरोना लाग्दैनथ्यो होला। त्यसैले म कसैलाई पनि दोस दिन चाहन्नँ।

पहिलेदेखि नै एक दिन कोरोना लाग्ने नै हो भन्ने सोचेर होला मेरो आत्मबल उच्च नै थियो। श्रीमतीलाई पनि आत्मबल उच्च राख्न सुझाएँ। खासै तनाव लिने काम गरिनँ। हामी तिनै जना होम आइसोलेसनमा बस्ने निर्णय गर्‍यौं। फोनमा कुराकानी भैरहेपनी आमाबुबा, काका काकी र बैनी ज्वाईहरु लगाएत साथिभाईहरुलाई भने आजसम्म प्रत्यक्ष भेटीएको छैन।

तेस्रो र चौथो दिन मेरो शरीर अत्यन्तै दुखिरहेको थियो। शरीरको पछाडिको माथिल्लो भाग र तल्लो भाग धेरै दुखेको अनुभव भइरहेको थियो। शरीरमा कपडाले छुदा पनि दुख्थ्यो, हल्का ज्वरो आइरहेको अनुभव हुन्थ्यो । शरीर अत्यन्तै कमजोर र शिथिल भएको थियो। टाउको असाध्यै दुखिरहेको थियो। चौथो दिन दिउँसो बाट श्रीमतीलाई कतिकति बेला श्वास फेर्न अलिक कठिनाइ भएजस्तो भयो । तैपनि खासै गाह्रो पारेको थिएन। साथी दिनेश दाहाललाई अक्सोमिटर किनेर ल्याउन अनुरोध गरे ।

बेलाबेलामा अक्सिजनको मात्रा हेरिरहन्थें, मेन्टेन नै हुन्थ्यो अनि ढुक्क हुन्थें। कसैगरी शरीरमा अक्सिजनको मात्रा घटेमा तत्कालै शरीरलाई अक्सिजन चाहिने हुन्छ र अस्पताल भर्ना गर्नुपर्छ भन्ने डर थियो । बेलुका ८ बजे तिर श्रीमतीलाई अलिक गाह्रो भयो, मैले पहिला दाई ज्ञानु खड्कालाई फोन गरे र वहाँकै सल्लाह अनुसार मेयर भिम पराजुली लाई फोन गरे । भिम दाईले नआत्तिनु मेरो गाडिमा सिलिन्डर छ १५ मिनेटमा घर आईपुग्छु भन्नुभयो । नभन्दै १५ मिनेट भित्र अरुण न्यौपाने र मेयर साब घरमा नै आईपुग्नु भयो र तुरुन्तै अक्सिजन लगाईयो । केहिबेरमा नै अवस्था सामान्य भयो । पाचौं दिन पनि बेलुका तिर श्रीमतीलाई सास फेर्न अलिक गाह्रो भयो डा. प्रज्वल खतिवडा सङ सम्पर्क गर्यौ वहाँले ज्वोरो , अक्सिजनको मात्रा,मुटुको धड्कन लगाएत सबै कुरा फोन बाट नै बुझ्नुभयो र स्पारोमिटर ल्याएर प्रयोग गर्न सल्लाह दिनुभयो, यसको प्रयोगले धेरै राम्रो भयो ।

ज्वरो र शरीरको दुखाइ भने कोडोपार सिटामोल ले कम गर्थ्यो। फेरि कोरोना लागेमामा दुखाइ कम गर्ने अन्य दबाइहरुको प्रयोग गर्नु हुँदैन। हरेक ५-६ घण्टासम्म सिटामोलले राम्रो काम गर्थ्यो। दुबैजनालाई गन्ध हराए पनि भोक असाध्यै लाग्थ्यो।  त्यसैले हरेक दुईदुई घण्टामा केही न केही खाइ रहन्थ्यौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्