ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ छोमाई तामाङको घरमा छापा हानेर मंगलबार राती प्रहरीले लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

तामाङको घरमा लागुऔषध प्रयोगकर्ता भेला भएको सूचनाका आधारमा प्रहरीले निगरानी गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले उर्लाबारी ७ बरगाछिका मिलन याक्सो, उर्लाबारी ९ भोटेपुल आकास लिम्बु, बरगाछि टोल असिम लिम्बु, झापा दमक ७ बजार लाईनका ससिन सेख, दमक ४ का सिर्जना टोलका सुमन सुनुवार, रतुवामाई न.पा. ८ ईटहराका रुपमान केदेम (लिम्वु), रतुवामाई सातमेडि बस्ने एन्जील मगर, रतुवामाई ९ ईटहरा मन्जील बस्नेतलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, गाँजा १८४ ग्रामसहित को २६ प १८५६, प्र.१.०१.०१२ प ६३१३, को ३४ प २६७ , बा ५३ प १४२४, मे २ प ५७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्