अध्यक्ष चित्रबहादुर केसी घर फिर्ता

अध्यक्ष चित्रबहादुर केसी घर फिर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना हुनुभएका उहाँ मङ््गलबार अस्पतालमुक्त हुनुभएको हो ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्