उनको कोठा आकर्षक छ अनि प्रविधी युक्त पनि । रंगीन भिताहरुका माझमा भएका ठूला ठूला झयालहरुलाई सुन्दर पर्दाले ढाकीएका छन । मौसम सँगको प्रतिरक्षाका लागि तयार सिपाही झै कोठामा हिटर र कुलर दुवै तैनाथ छन । सानो टी टेवल माथीको वाइरलेस टेलिफोन ले संचारमाथीको सहजता लाई इङिगत गरेको छ । अरु थुप्रै भौतिक सामाग्री को साथ साथै कोठाको एउटा कुनामा किताब का थाक भएको स्टडी टेवल अनी अर्को कुनामा इन्टरनेट जडित डेस्कटप कम्प्युटर, टेवल मा सजिएको छ ।
उल्लेखीत पृष्ठभूमि हाम्रो समाज को एउटा यस्तो पुस्ताको दृष्टान्त को जसले आफनो जिवन को एउटा महत्वपुणर् चरण पार गरि रहदा संसार जित्ने होडमा लागी परेका आफ्ना ब्यस्त अभिभावक को पर्याप्त अभिभावकत्व भन्दा प्रस्तुत निर्जीव वस्तुहरुबाट भावनात्मक साथ पाइरहेका छन् । उनिहरुको दिनचर्या मा सिमीतत छ । स्कुल वा कलेज को समय बाहेक उनीहरु आफुलाई त्यहि बन्द कोठामा राख्न रुचाउछन् । इन्टरनेटको अत्याधिक प्रयोग उनहिरुको सादा जिवनको रंगीन पाटो हो । उनिहरु को खुम्चीएझै देखिने भौतिक व्यक्तित्व सामाजिक संजाल मार्फत दिन प्रतिदीन फैलिरहेको हुन्छ । उनहीहरु छर-छिमेकी सँग त्यति खुल्दैनन् । नाता गोता तथा आफन्तहरुले सायद उनिहरुलाई राम्रो सँग नचिन्दा हुन तर संजाल मार्फत उनिहरु सँग देश- विदेश का प्रशस्त साथीहरु छन् । जो सँग उनिहरु मनका भावनाहरु ओठले होइन की बोर्ड मा चलाइरहेका औलाहरुले ब्यक्त गर्छन ।
तीयर बाट प्राप्त होमवर्क अनि असाइनमेन्ट मा उनिहरुको दिमाख भन्दा एक कदम पहिले नै गुगल अग्रसर हुन्छ उनिहरुलाई सगाउन । ड्रेसिङ सेन्स, व्यक्तित्व विकास, अनुशासन तथा समाजमा आफ्नो सहभागीता पनि यीनहिरुले आफ्ना अभिभावक भन्दा पहिले इन्टरनेट बाटै सिक्छन तर यो सैद्धान्तीक ज्ञानको अब्यवहारीताले उनिहरुलाई भिन्नै बनाउछ । आफूलाई ब्यक्त गर्न असमर्थ ।
“यो त आजकाल एकोहोरो भएको छ, मान्छे सँग बोल्न पनि जान्दैन, टाउको ठाडो गरेर बोल, कोठामा किन एक्लै बस्नुपर्यो, बाहीर आउ, पाउनाहरु सँग कुरा गर ”
माथी प्रस्तुत संवादहरु प्राय घरहरुमा सुन्न पाइन्छ आजकाल। बास्तवमै यो पुस्ता आफुलार्य अरु सामु व्यक्त गर्नमा कमजोर मानिन्छ । उनिहरुमा उब्जीएका भावनात्मक संवेगहरु उनिहरुको मुहारले भन्दा पहिले उनिहरुको फेसबुक प्रोफाइले बताउछन । फीलीङ, हयाप्पी, फिलीङ, एक्साइटेड, फिलीङ स्याड, फिलीङ इग्नोर्ड, आदी आदी ......।
यो पुस्ता को अर्को नजिकको साथी हो यु-ट्युव । यीनीहरु युट्यव मार्फत नै संगीत मा रमाउछन । नेपाली अनि प्रशस्तै विदेशी संगीत, तिनका श्रव्य दृश्य, अनि अन्य थुप्रै कुराहरु आफूलाई जे हेर्न मन लाग्यो त्यही । शहरका बच्चा लाई दुध के ले दिन्छ भन्दा प्याकेट ले भन्छन भनेझै यीनीहरु पनि संगीतको मुख्य स्रोत भनेको यु-ट्युव वा इन्टरने नै हो भन्ने ठान्छन । एल्वम अनि म्युजिक सिडी को वारेमा यीनीहरु प्राय अनविज्ञ नै रहन्छन । साहीत्य अनि स्वाध्ययन यीनीहरुबाट दिन दिनै टाढा भागीरहेको छ ।
यी अपरिपक्व मानसिकताहरुको इन्टरनेट माथीको सहज पहँच का सम्भाव्य नकारात्मक पक्षहरु बाट हामी सवै सचेत रहनुपर्छ । यस्ता इन्टरनेट च्याट, ब्लाइन्ड डेटीङ, च्याट ब्ल्याकमेलिङ सुसाइड एटम्ट आदीले समाजमा साइवर आतङक का रुप लिइरहेका छन । विज्ञान र प्रविधी को विकास सँगै विकसित आजको युगका यी नविनतम आयाम हरुको सकारात्मक प्रयोग बाट बढी भन्दा बढी लाभ उठाउनु चाँही पक्कै नराम्रो पक्ष होइन तर सजग अनि जिम्मेवार भएर मात्र ।
लेखक: मनोज ओझा