एकजना प्रहरीको भरमा खुला बोर्डर, चोरबाटो हुदै सामान ल्याउनेको भीड प्रहरीलाई हैरान

एकजना प्रहरीको भरमा खुला बोर्डर, चोरबाटो हुदै सामान ल्याउनेको भीड प्रहरीलाई हैरान

विराटनगर । विराटनगर १६ स्थित दक्षिणगेटसँग सिमा जोडिएको जोगवनी रानी नाकामा चोरबाटो हुदै नेपाल–भारत आँउजाउ गर्नाले कोरोना भाईरसको थप चुनौती थपिएको छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई अटेर गर्दै आमसर्वसाधारण भारत र नेपाल आँउजाउ गरेको यो दृष्यले के ईङकीत गर्छ भने कोरोना भारतबाट नेपाल गरिरहेको छ ।

छठ पुजाको सामान खरिद गर्ने बाहाना बनाउदै बुधबार विहानदेखी बेलुकी सम्म नेपाल तर्फका अधिकास नागरिकहरु भारतको जोगवनीमा सामान खरिद गर्न गएका थिए । सुरक्षारर्थ खटिएका शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत अटेर गर्दै भारत तर्फ जाने र आउनेको भीड देखिन्थ्यो । त्यतिकै मात्रामा भारतबाट पनि आम सर्वसाधरणहरु नेपाल प्रवेश गरेका दृष्य प्रष्ट मात्रामा देखिन्थे ।

भारतले आफ्नो तर्फ सिमा खुलाए पनि नेपालमा भने अझै खुलाएको छैन । कोरोनाको उच्च जोखिमको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आगामी मंसिर ३० गते सम्म बन्द रहेको जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढीरहेका कारण नेपालमा थप चुनौती नथपियोस भनेर मन्त्री परिषदको निर्णय अनुसार मंसिर ३० सम्म बन्द नै गराएको छ ।

तर यता बुधबारको दृष्यले भने कोरोनाको कुनै प्रवाह नगरी आम सर्वसाधरणहरु दक्षिणगेटसँग जोडिएको सिमा नाकामा सुरक्षाकर्मी र सामान ओसार पसार गर्नेहरुको दोहोरो जुहारी यसरी चलिरहेको थियो सुरक्षार्थ खटिए सुरक्षाकर्मीलाई त्यहाँको माहोल समाल्न हम्मे हम्मे नै परेको थियो । थोरै मात्रामा खटाइएका सुरक्षाकर्मीलाई नै गाली गलोज गर्दै आमसर्वसाधरणहरु सामान ओसारपसार गरिहेका देखिन्थे ।

यता जिल्ला प्रशासन कार्यालय मोरङ सहायक सिडियो मुकेश केशरीले भने मुख्य नाका खोलेका छैँनौ । चोरीबाटो हुदै नेपाल भारत आउजाँउ गर्नेलाई थप सुरक्षाकर्मी परिचालन गरेर अहिले भईरहेको समास्याको समाधान गरिने केशरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्