सुनसरी बराह क्षेत्रबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

<span class='c1'>सुनसरी बराह क्षेत्रबाट ब्राउन</span> <span class='c2'>सुगरसहित दुईजना पक्राउ</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र–७ बोराबाधबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार रहेका उनीहरुलाई बुधबार साँझ नियन्त्रणमा लिइएको हो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्