सीमा क्षेत्रमा थपियो प्रहरी जनशक्ति

सीमा क्षेत्रमा थपियो प्रहरी जनशक्ति

विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट उपभोग्य सामाग्री खरिद गरेर अवैध रुपमा नेपाल भित्र्याउँने समुहलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार थप प्रहरी जनशक्ति परिचालन गरेको छ ।
बुधबार आवर विराटनगरमा भिडियोसहितको समाचार सामाग्री प्रकाशित भएपछि प्रहरीले बिहीबार थप प्रहरी परिचालन गरेर सीमामा कडाई गर्ने प्रयास गरेको हो ।

सीमा क्षेत्रबाट अवैध रुपमा सामाग्री खरिद गरेर आउनेलाई नियन्त्रण गर्नका लागि पर्याप्त प्रहरी जनशक्ति अभाव भएको देखिएको थियो । त्यहि समाचारलाई प्राथमिकतामा राखेर प्रकाशित गरिएपछि बिहीबार सीमा क्षेत्रमा प्रहरीले आवातजावत गर्नेमाथि थप कडाई गरेको हो ।

विराटनगर–१६ दक्षिणगेट हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको लर्को बुधबारसम्म रहेको थियो । प्रहरीको संख्या न्यून हुँदा सामान खरिद गरेर ल्याउनेले निस्फिक्री नेपाल आउने गरेका छन् ।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले हरदम कोशिस गर्दा पनि सीमा क्षेत्रका उपभोक्ताले नेपाली बजारमा उपभोग्य सामाग्री खरिद नगरेर भारतीय बजार नै पुग्ने गरेको बताउनुभयो । उहाँले बिहीबार विराटनगरसँग सीमा जोडिएको नाकामा थप १५ प्रहरी थपिएको जानकारी दिनुभयो ।

मोरङमा भारतसँग जोडिएको ६३ किलोमिटर खुल्ला सीमानाका रहेको छ । इलाका प्रहरी कार्यालय रानी, रंगेली र सिजुवा सीमा क्षेत्रका प्रहरी कार्यालय हुन् । प्रहरी उपरीक्षक खड्काले नेपाल प्रहरी एक्लैले सीमा क्षेत्रबाट हुने आवातजावत रोक्न नसक्ने बताउँदै आवश्यक पर्ने जनशक्ति परिचालन गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्