जबरजस्ती करणीको भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

<span class='c1'>जबरजस्ती करणीको भिडियो बनाई</span> <span class='c2'>व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ</span>

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्