विराटनगरका उद्योगी राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विराटनगरका उद्योगी राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वारी मनोनयन नगरेका हुन् ।

बिहीबार उमेद्वारी मनोनयन गर्ने अन्तिम मितिसम्म कसैले उमेद्वारी दर्ता नगरेसँगै उहाँलाई निर्वाचित घोषणा गरिएको थियो । गार्मेन्ट, चुनढुंगा खानी, सिमेन्ट उद्योग, जुत्ता चप्पल उद्योग, हेबी इक्यूपमेन्ट र स्पेयर्स पार्टस्, गाडी, टायर, पेट्रोलियम पदार्थ आदी जस्ता उद्योग व्यवसाय राउतको लगानीमा सञ्चालनमा रहेका छन् । निकट भविष्यमै फलाम तथा स्टील उद्योग र पाँचतारे होटल सञ्चालनमा ल्याउनका लागि राउतले लगानी गरिसक्नु भएको छ ।

साग्रिला इन्टरनेशनल एपारल्समा २१ वर्षको उमेरमा प्रवन्धक निर्देशकको रुपमा प्रवेश गर्नु भएका राउत अहिले देशमै चिनिएका प्रतिष्ठित उद्योगी मानिनुहुन्छ । विकास निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आउनु भएका राउत सफल उद्योगी–व्यवसायी मात्रै नभई सामाजिक क्षेत्रमा महत्वपूर्ण योगादन गर्ने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

मोरङ व्यापार संघको कार्यसमिति सदस्य, वरिष्ठ उपाध्यक्ष भईसक्नु भएका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको छ । राउतको नेतृत्वमा विराटनगरमा विराट गोल्डकप प्रतियोगिता दुई संस्करसम्म सफल रुपमा सम्पन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्