सुनसान छ विराटनगरको सिंघिया

<span class='c1'>सुनसान छ</span> <span class='c2'>विराटनगरको सिंघिया</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर महानगरपालिकाको सिंघिया खोलामा विशेष तामझामका साथ मनाइदै आएको छठ पर्व यस वर्ष सुनसान देखिएको छ । कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले सूचना जारी गर्दै खोलामा भिडभाड बढी हुने भएकाले छठ पर्व नमनाउन अनुरोध गरेपछि यसवर्ष सिंघिया सुनसान बनेको हो ।

प्रशासनले सिंघिया खोलामा पुजा गर्न, घाट निमार्ण गर्न, साजसजा नगर्न अनुरोध गरेपछि स्थानीयमा अन्यौलता छाएको छ । सबै ब्रतालुहरुको घर छैन उनीहरु भाडामा बस्दै आएका छन् । घर भएका व्यक्तिहरुको पनि घाट निर्माण गर्ने ठाउँ नभएको गुनासो गरेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन खोलामा जाने गरिन्छ । सूर्य भगवानको उपसना गर्नाले सन्तान प्राप्ति हुने, सुख समृद्घि प्राप्त हुने धार्मिक मान्यता रहदै आएको छ ।

पानिको मुहान खोला, नहर, तलाउजस्ता जलाशयमा रहेर अर्घ दिनु पर्ने तर जलाशयको प्रवन्ध नहुँदा कसरी पुजा गर्ने भन्ने कुराको टुङ्गो अझै लागेको छैन ।

विगत पाँचबर्ष देखि छठ पुजा गर्दै आएका कासिराम मण्डल सिंघिया खोला सुनसान भएको बताउनुभयो । उहाँले प्रशासनले घाट निर्माण नगर्न भनेका कारण अन्योलमा परेको बताउनुभयो । घरमा घाट निर्माण गर्ने ठाँउ छैन यसबर्ष कसरी पुजा गर्ने भन्ने कुरामा उहाँ अन्योलमा हुनु हुन्छ । उहाँ भन्नुहुन्छ,‘प्रशासनले खोलामा पुजा गर्न त रोक लगायो तर त्यसको विकल्पमा के गर्ने केही जानकारी दिएको छैन् ।’ ‘अब कसरी पुजा गर्ने ?’

सिंघिया खोलाको नजिकै किराना पसल गर्दै आएका रोहित शाह भन्छन्,‘ गत बर्ष मैले छठ पुजाका सामाग्रीको राम्रो व्यापार गरेको थिए । यस बर्ष सिंघिया खोलामा पुजा गर्न प्रतिवन्ध लगाएपछि यहाँ सामान किन्न कोही आउदैनन् । सबैजना बजारबाटै किन्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्