न्यूरो हस्पिटलको स्वास्थ्य सेवा स्तरीय भएको आरोहण गुरुकुलको ठहर

न्यूरो हस्पिटलको स्वास्थ्य सेवा स्तरीय भएको आरोहण गुरुकुलको ठहर

विराटनगर । सडक दुर्घटनामा परि घाइते हुनुभएका आरोहण गुरुकुलका कलाकार भरत कार्कीको उपचारमा न्यूरो हस्पिटलले प्रदान गरेको स्तरीय स्वास्थ्य सेवा प्रति आरोहण गुरुकुलले धन्यवाद व्यक्त गरेको छ ।
गुरुकूलका पदाधिकारीहरुले, कलाकार कार्कीको उपचारमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने न्यूरो हस्पिटलका मेडिकल डाइरेक्टर एवम बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका साथै उहाँको चिकित्सकिय टोली प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

गत शुक्रबार साँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि आरोहण गुरुकुलका कलाकार भरत कार्की गम्भिर घाइते हुनुभएका थिए । अचेत अवस्थामा भेटिएका उनको विराटनगर स्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । हाल उनले पाएको स्वस्थ्य सेवाबाट लाभान्वित हुँदै , उनलाई डिस्चार्ज गरिएको छ ।

आरोहण गुरुकुलका व्यवस्थापक दीपेश भण्डारीले, उपचारका लागि न्यूरो हस्पिटलबाट भएको तदारुक्ता, उच्च रेखदेख सहितको स्तरीय स्वास्थ्य सेवा र सहयोगको उच्च मुल्याङकन गर्दै धन्यवाद व्यक्त गरेको बताउनुभयो ।
अस्पतालले समाजिक उत्तर दायित्वका लागि बिभिन्न सामाजिक कार्य गर्दै आइरहेकोमा कलाकार कार्कीको उपचार खर्चमा समेत सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्