रंगेलीमा सडक कालोपत्रेमा लापर्वाही

रंगेलीमा सडक कालोपत्रेमा लापर्वाही

रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थितमा निर्माणाधिन अवस्थामा रहेको कालोपत्रे सडकको काममा ठेकेदारले लापर्वाही गरेको पाइएको छ । रंगेलीको मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर बहादुरको घर अगाडि हुँदै हुलाकी राजमार्गलाई छुने सडक निर्माणमो लापर्वाही भएको हो ।

रंगेली नगरपालिकाले ९० लाख ३५ हजार ५९४ रुपैयाँ बजेटमा निर्माण गर्न लागेको सडक नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्का दिएको थियो । सम्झौता अनुसार २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गर्दै आएको छ ।
हालसम्म पनि उक्त सडकको काम सम्पन्न हुन सकेको छैन । सो कम्पनी ले कालोे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटोे नहटाई धुलोमै प्राइम कोड लगाएको स्थानीय किनश सोनीले बताउनुभयो ।

 

ठेक्केदार दिनेश साहलाई निर्माणमा भईरहेको लापर्वाहीका विषयमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिएनन् । रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले ठेक्केदारले कालोपत्रे गर्ने सडकमा जमेको माटोमा प्राईम कोड लगाएको बिषयमा ईन्जिनियर लाई उक्त ठाउँको निरिक्षण गरेर ठेक्केदार लाई पुनः सडक मा जमेको माटो र धुल हटाएर प्राईम कोड नलगाए सम्म अगाडिको काम नगर्ने निर्देशन गरिएको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्