रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा छठमा व्रत बसेका श्रद्धालुभक्तजनहरुले विधिपूर्वक पुजा सुरु गरेका छन् । आफ्नो मनोकांक्षा पुरा होस् भन्ने भाकल गरेकाहरु अहिले घरदेखि नदिसम्म दण्डप्रणाम यात्रा सुरु गरिसकेका छन् ।
शुक्रबार आज साँझ अस्ताउँदो सुर्यलाई पुजा गर्नका लागि रंगेलीमा दण्डप्रणाम गर्दै ब्रतालुहरु नदितर्फ हिडिसकेका हुन् । रंगेलीका विभिन्न स्थानमा भक्तहरुले आफ्नो समर्पण व्यक्त गर्दै जलाशयतर्फ लागेका छन् ।