विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

विराटनगर। सरकारले विराटनगर विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विराटनगर विमानस्थल विस्तारका लागि १२६.३४ बिघा जग्गा अधिग्रहण गर्ने हिमपत दिइएको हो । यसैगरी सुर्खेत विमानस्थलको क्षमता बढाउन ३० विघा जग्गा अधिग्रहण गर्ने समेत सहमति दिइएको छ ।

यी दुबै विमानस्थलको बिस्तार तथा स्तरोन्नति गर्न गत असोजमा संघीय र प्रदेश सरकार तथा स्थानीय तहबीच सम्झौता भइसकेको छ । विटरानगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीनवटै तहका सरकार सहमत भएका छन् । पर्यटन मन्त्रालयका अनुसार विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थलकै स्तरमा स्तरोन्नति गर्ने योजना छ । अहिले विराटनगर विमानस्थलको धावनमार्ग १५ सय मिटर रहेको छ । यसलाई विस्तार गरी ३ हजार पुर्‍याउने योजना छ ।

यो साझेदारीमा विराटनगर महानरगपालिकाले समेत लागत साझेदारीमा भाग लिनेछ । जग्गा अधिग्रहण गर्दा लाग्ने कुल लागतमध्ये ५० प्रतिशत केन्द्र सरकारले बेहोर्ने भएको छ । बाँकी ५० प्रतिशतमध्ये १० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्