उदाउँदो सूर्यलाई अर्घ दिदै सकियो यसपटकको छठ पर्व (फोटो फिचर )

उदाउँदो सूर्यलाई अर्घ दिदै सकियो यसपटकको छठ पर्व (फोटो फिचर )

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ दिदै यपटकको छठ पर्व समापन भएको छ ।

शुक्रबार बेलुकी अस्ताउँदो सुर्यलाई अर्घ दिएर पुन आज शनिबार उदाउँदो सुर्यलाई अर्घ दिएपछि यसपटकको छठ पर्व समापन भएको हो ।
हरेक वर्ष नदि, तलाउ र पोखरीलाई झकिझकाउ बनाएर मनाइने यो पर्व कोरोना भाइरसको महामारीका कारण सामान्य ढंगले सम्पन्न भएको छ ।

विराटनगरमा विभिन्न खोला किनारका जलाशयमा थोरै मात्र सर्वसाधारणको उपस्थिति रहेको थियो । धेरैले भने आफ्नो घरको आँगननमा कृत्रिम पोखरी बनाएर छठ पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।

छठ पर्व विशेषगरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं र पहाडमा पनि यो पर्व मनाउन थालिएको छ ।

तस्वीर :  प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्