छठ पुजा गर्न गएको बेला विराटनगर–१३ को एक घरमा चोरी

छठ पुजा गर्न गएको बेला विराटनगर–१३ को एक घरमा चोरी

प्रेम देवान
विराटनगर । छठ पुजा गर्न गएको बेला विराटनगर १३ मा रहेको एक घरको ताल्चा फोडेर चोरी भएको छ । विराटनगर १३ कोशी प्रोजेक्ट दक्षिण सेवामार्गका स्थानिय अमर कुमार झाको घरमा गएराती चोरी भएको हो ।

झा परिवार सुनसरी तरहरामा रहेको मुल घरमा छठ पर्व मनाउन भन्दै शुक्रबार दिउसो त्यसतर्फ गएका थिए । चोरले शुक्रबार राती नै घरमा कोही नभएको मौका छोपी चोरी गरेको हुन सक्ने मोरङ प्रहरीले जनाएको छ । घरको अगाडी पटी सिसी क्यामारा भएका कारण झाको घरको पछाडीको पर्खालबाट प्रवेश गरेको हुनसक्ने आशंका गरिएको छ । पीडित परिवारका अनुसार गरगहनासहित नगद चोरि भएका छन् ।

घरको पछाडी पटीको ढोकामा लगाएको ताल्चा फलामले तोडेर घर भित्र प्रवेश गरी दराजमा रहेका सबै गरगहना चोरी भएको पीडित अमरकुमार झाले बताए । छठ पुजा मनाउन घरका सबै परीवार मुल घर गएका थियौ तर छिमेकीले घरको ढोका खुल्ला छ भनेर सुनाएपछि मात्र चोरी भएको आफुहरुलाई थाहा भएको बताए ।

झाको घरबाट २ वटा सुनको सिक्री, २ वटा नेक्लेस, सुनको २ वटा औठी र १ वटा ब्रासलेट चोरी भएको प्रहरीले जनाएको छ । त्यसैगरी नगद साढे ३ लाख र २५ तोला चादीका गरगहना चोरी भएको भनि निवेदन परेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । त्यसैगरी अमर कै घरको माथील्लो तलामा भाडामा बसेको फल्याटमा पनि चोरी भएको छ । उनको घरमा भाडा लिएर बस्दै आएका डाक्टर विशाल चौधरीको कोठामा पनि चोरी भएको हो ।

डाक्टरको कोठामा पनि दराज फोडेर विभिन्न सुन र चादीका गरगहना चोरी भएको प्रहरी जनाएको छ । डाक्टरका परिवार पनि कोठा बाहिर गएको मौकामा चोरी भएको हो तर के कति चोरी भएको यकिन नभएको प्रहरीले जनाएको छ । यस अघि पनि उक्त स्थान पटक पटक चोरी भएका कारण स्थानियले सो ठाँउमा प्रहरीले निगरानी नगरेको भन्दै असन्तुष्ट जनाएका छन् । पटक पटक चोरी हुदाँ प्रहरीले वास्ता नगरेको भन्दै मोरङ प्रहरीलाई प्रहरीको निगरानी बढाउनु पर्ने भन्दै जनदवाव दिएका छन् ।

यता मोरङ प्रहरीले भने उक्त स्थानमा प्रहरीको विशेष निगरानी बढाईने जनाएको छ । पछिललो समय विराटनगरमा चोरीका घटना बढिरहेकोले घर बाहिर जाँदा छिमेकी वा आफन्तलाई रेखदेखमा सहयोगका लागि अनुरोध गर्नुपर्ने प्रहरीको भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्