सिङ्गारियो विराटनगर देवकोटा चौक

सिङ्गारियो विराटनगर देवकोटा चौक

विराटनगर । देवकोटा चौक महाकवी लक्ष्मी प्रसाद देवकोटाको नामले चिनिन्छ । देवकोटा चौक भन्ने बितिकै देवकोटाको शालिकलाई सम्झिने गरिन्छ । विराटनगर महानगरपालिका वडा नं.–८ मा रहेको देवकोटा चौक पाँचवटा बाटोको संगम रहेको छ । पूर्वमा हाटखोला, पश्चिममा जलजला चौक, उत्तरमा मालपोत कार्यालय जाने बाटो, दक्षिणमा मधुमारा रहेको छ भने दक्षिण –पश्चिममा ठाकुरवाडी रोड हुँदै हनुमान मन्दिर पुग्न सकिन्छ ।

वि.सं. २०४२ सालमा पाँच वटा बाटोको संगम रहेको विचमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको सालिक स्थापना गरेसंगै उक्त चौकको नाम देवकोटा चौक रहन गएको थियो ।
केही समय पहिला सुन्दर देखिने देवकोटा चौकमा रहेको देवकोटाको शालिक बाटो विस्तार गर्ने क्रममा भत्काइएको थियो । जसले गर्दा देवकोटा चौकको सुन्दरता हराएको थियो । ४२ साल देखिको पहिचान हराएर देवकोटा चौको अस्तित्व समाप्त हुने हो की भन्ने कुराले स्थानीवासीहरु चिन्तित देखिएका थिए ।

चिन्तित बनेका स्थानियहरुको मुहारमा फेरी मुस्कान छाएको छ भने देवकोटा चौक पहिलेको भन्दा अझ सुन्दर देखिएको हो ।
देवकोटाको ११२ औं जन्मजयन्तीको अवसरमा शालिकको पुर्नःनिमार्ण गरिएको छ । महानगरपालिको १९ लाख लगानीमा वरिपरि स्ट्रिट लाइट राखि शालिकको पुर्नःनिमार्ण गरिएको हो ।

७२ बर्षिय हरिराम पराजुली भन्छन्,‘ देवकोटाको शालिक भत्काएको दिन मेरा आँखामा आँसु आए ।’,‘देवकोटाको शालिकलाई हेरेर मेरा गाला चाउरीएका थिए ।’ यस चौकसंग विगतका धेरै यादहरु जुडेका छन् ।’, ‘फेरी बन्दा खुसी लागेको छ । पहिलेको भन्दा राम्रो देखिएको छ वरिपरी बती लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्