विप्लवका सेक्सन कमाण्डर पक्राउ

विप्लवका सेक्सन कमाण्डर पक्राउ

विराटनगर । मोरङ उलाबारी नगरपालिका वडा नं–६ रमाइलो टोलबाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ परेका छन् । मोरङ प्रहरीले विशेष सुचनाका आधारमा मंसिर ६ गते ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका वडा नं.२ बस्ने बर्ष ३२ को पेम्बा साङ्गे शेर्पांलाई पक्राउ गरेको हो ।

उनी उर्लाबारीका एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरमा रहेको अवस्थामा प्रहरीले विशेष सुचनाका आधारमा घेरा हालेर नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरीद्वारा प्रेसित सुचनामा शेर्पाको साथबाट पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, गोली, मोवायल, उनकै नागरिक, पढ्ने पुस्तकलगायतका सामाग्री बरामद गरिएको उल्लेख छ । नियन्त्रणमा परेका उनलाई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्