विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु

विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुनवर्षी–५ का ५९ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिन ।
कोरोना संक्रमण भएपछि उनलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्