चार महिनामा ११ खाद्य नमूना विरुद्ध मुद्दा, पानी, घ्यू र कुखुराको दानामा कैफियत

चार महिनामा ११ खाद्य नमूना विरुद्ध मुद्दा, पानी, घ्यू र कुखुराको दानामा कैफियत

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा विभिन्न उद्योगका ११ वटा नमूना विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । बजार अनुगमन गरेर आशंकामा संकलन गरिएका १२१ नमूना परीक्षणमा पीउने पानी, घ्यू र कुखुराको दाना तोकिएको मापदण्ड विपरित न्यून गुणस्तरको भेटिएपछि मुद्दा चलाउने प्रक्रिया अगाडी बढाइएको हो ।

प्रदेश नं. १ का ४ वटा डिभिजन कार्यालयहरु र विराटनगर प्रयोगशालाले गरेको बजार अनुगमन र नमूना परीक्षणमा ११ वटा वस्तुमा न्यून गुणस्तर पाइएको कार्यालयले जनाएको छ । कोरोना महामारीका बीचमा पनि कार्यालयले आर्थिक वर्ष २०७७–०७८ को पहिलो चौमासिकमा बजार अनुगमनलाई तिव्रता दिइएको हो ।

पीउने पानी, घ्यू र कुखुराको दाना न्यून गुणस्तरको भेटिएको छ, विराटनगर कार्यालयका प्रमुख राजकुमार रिजालले भन्नुभयो–प्रयोगशाला परीक्षणमा त्रुटी देखिएका नमूनाका आधारमा उद्योगलाई मुद्दा दायर गर्ने प्रक्रिया बढाएका छौं ।

कार्यालयले आइतबार पहिलो चौमासिक अवधीको प्रगति समिक्षा गोष्ठि आयोजना गरेको थियो । पर्याप्त जनशक्ति अभाव भएपछि अनुगमन कार्य गरी खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिनका लागि सक्रिय हुन मातहतका कार्यालयमा निर्देशन गरिएको प्रमुख रिजालले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रदेश नं. १ मा धनकुटा, उदयपुर, झापा, सुनसरीमा डिभिजन कार्यालय रहेको छ भने विराटनगरमा प्रदेशस्तरीय प्रयोगशाला रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्