बेलबारी प्रहरीद्वारा २४ जनालाई मोवायल फिर्ता

बेलबारी प्रहरीद्वारा २४ जनालाई मोवायल फिर्ता

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ ।
प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि कल डिटेल रेकर्डको प्रयोग गरी मोबाइल खोजी गरिएको हो । प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धनिलाई फिर्ता गरिएको छ ।

बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार हराएका तथा चोरी भएका मोबाइलहरु खोज्न विशेष प्रहरी नै परिचालन गरिएको थियो । प्रहरीले पछिल्लो ८ महिनामा ४१ थान मोवाइल फेला पारी सम्बन्धित धनिलाई बुझाइ सकेको ढकालले बताए ।
बिभिन्न मितिमा हराई खोजतलासको लागी निवेदन पर्न आएका निम्न मोबाइलहरु आधुनिक प्रबिधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बिभिन्न स्थानबाट फेला पारिएका मोबाइलहरु फिर्ता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्