हनुमान मन्दिर र कब्रिस्तानलाई स्ट्रिट लाईट सहयोग

हनुमान मन्दिर र कब्रिस्तानलाई स्ट्रिट लाईट सहयोग

विराटनगर । यूथ युनिटि अफ नेपालले विराटनगर–१७ मा रहेको धार्मिक आस्थासंग जोडिएको हनुमान मन्दिर र मुस्लिम समुदायको धार्मिकस्थल कब्रिस्तानमा जडानका लागि स्ट्रिट लाईट उपलब्ध गराएको छ । उक्त संस्था आबद्ध युवाहरुले मन्दिरमा २ र कब्रिस्तानका लागि पोलसहित ५ सेट स्ट्रीट लाईट प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष जफर ईकबाल सहितका पदाधिकारीले एक कार्यक्रमकाबीच मन्दिर र कब्रिस्तानमा जडानका लागि पोल र बिजुली बत्ती हस्तान्तरण गर्नु भएको थियो ।

धार्मिक आस्थासंग जोडिएको सो ऐतिहासिक कब्रिस्तान उपेक्षामा परेका कारण संधैजसो अन्धकार रहने गरेकाले अभियान अन्तर्गत पोल सहित स्ट्रिट लाईट उपलब्ध गराइएको यूथ युनिटि अफ नेपालका उपाध्यक्ष हमिद आजादले बताउनुभयो ।
समाजसेवीहरू रोयल बिरयानी हाउस संचालक पप्पु अंसारी, राजेश गुप्ता, आरिफ खान, तनबिर खान, मजित आलम, सोहेल आलम, ईमतियाज आलम लगायतको कार्यक्रममा सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्