दमकमा श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

दमकमा श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।
भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्