जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

विराटनगर । यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्तलाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो ।

मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन कार्यक्रममा आर्थिक वर्ष २०७५-२०७६ मा नौ करोड भन्दा धेरै आयकर दाखिला गरेको जीवन विकासलाई सम्मान गरिएको थियो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत बिमल सापकोटाले जीवन विकास लघु वित्तका कार्यकारी निर्देशक सन्जय मण्डललाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । नाफामा हुने संस्थाहरुले आफ्नो कमाई वापत बुझाउने आय करलाई आधार मानेर यस्तो सम्मान गरिने गरिएको छ ।

 

आन्तरिक राजश्व कार्यालय विराटनगरले कर सप्ताहको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा नासु दुर्गा ढकाललाई समेत सम्मान गरेको छ ।
यसैगरी कर सप्ताह समापनको अवसरमा प्रमुख कर अधिकृत सापकोटा र विराटनगरका उद्योगी–व्यवसायीबीच जुम मिटिङ भएको छ । शुभकामना आदानप्रदानका लागि आयोजित जुम मिटिङमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कोषाध्यक्ष रमेश राठी, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा सहभागी हुनु भएको कर अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

 

आन्तरिक राजश्व कार्यालय विराटनगर कार्तिकमा लक्ष्यभन्दा माथि कर असुली गर्न समेत सफल भएको छ । धेरै पछि कार्यालयले लक्ष्यको तुलनामा ११३ प्रतिशत कर असुल्न सफल भएको हो । कोरोना संक्रमणका कारण खस्कीएको कर असुली चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यको ९० प्रतिशत मात्रै भएपनि कार्तिकमा लक्ष्य भन्दा धेरै असुली भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्