रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो ।

उधोग, पर्यटन वनतथा वातावरण मंत्रालयले मन्दिर परिसरको ५ विघा क्षेत्रफल जग्गामा भक्तजनहरुको सहजताका लागी विवाह व्रतवन्धका लागी पार्टी प्यालेस, पार्क सहितको पोखरी , पुुजारी क्वाटर, स्वागतद्धार, वाउण्ड्रीवाल, मार्केट व्लक तथा मन्दिर परिसरमा सटर सहितका भवन कार्यालय तथा शौचालय लगायतका पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको हो ।

धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेडसँग २०७७ असार २६ गते ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीले २०८० जेठ २५ गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ । निर्माण कम्पनिले अढाई वर्ष भित्रै निर्माणकार्य सम्पन्न गरिने धुलिखेल निर्माणका साईड ईन्चार्ज गणेश खड्काको दावी छ । मंन्दिर परिसरमा चिल्ड्रेन पार्क, हवन कुन्ड, व्रहामण बस्ने घर, गुवाई घर , शौचालय, पार्किङ स्थल, भक्तजनहरु का लागि प्रसाद बनाउनका लागि ग्यास लाईन सहितको भवन, विश्राम कक्ष लगायतका सुबिधा सम्पन्न संरचना बन्नेछन् ।

बिराटनगर देखि २२ किलोमिटर पूर्वमा रहेको राणा कालभन्दा अगाडि देखि सो स्थानमा माता देवी को वासस्थान रहेको ज्येष्ठ नागरिकहरु बताउँछन् । अहिले सो मन्दिरमा भक्तजनहरुको आस्था बढिरहेको छ । मन्दिरमा बृद्ध, बृद्धादेखि युवाहरु पुजा अर्चना गर्नका लागि आउने गरेको पुजारी कृष्ण कोईरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्