प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो ।

यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले भन्नुभयो–चन्द्रगढीमा रिफिङ गर्ने भनिएको रहेछ, इलामको कार्यक्रम स्थगित भएपछि विराटनगर विमानस्थलमा अवतरण गरेर रिफिङ गरिएको हो । प्राधिकरण अन्तर्गत विराटनगर विमानस्थलका प्रमुख जिल्ला प्रशासन कार्यालयमै रहेको अवस्थामा प्रधानमन्त्रीसहितको टोलि विमानस्थल आईपुगेको हो ।

प्रमुख खरेलका अनुसार २ः५५ मा ल्याण्ड गरेको हेलिकप्टर ३ः१५ मा पुनः काठमाण्डौंका लागि प्रस्थान गरिसकेको छ । पर्यटन मन्त्री योगश भट्टराई, सुभाष नेम्वाङ्ग, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीकी धर्मपत्नी र प्रेस सल्लाहाकारसहितको टोलि हेलिकप्टरमा रहेको उहाँले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्