विराटनगरमा सटर व्यापार सुस्तायो, ‘टु–लेट’ सुचना जताततै

विराटनगरमा सटर व्यापार सुस्तायो, ‘टु–लेट’ सुचना जताततै

एन्जु शिवाकोटी
विराटनगर । विराटनगरका मुख्य तथा सहायक सडकमा निर्माणाधिन घरका सटर धमाधम बन्द हुन थालेका छन् । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका बन्द सटर बाहिर ‘टु–लेट’ अर्थात् सटर भाडामा छ भन्ने सुचना जताततै देखिन्छ । सडकसँग जोडिएको जमिनमा व्यापारका अधिकांशले सटर लगाउने गर्दछन् । सटरसहितको घर निर्माण गरेर भाडा लगाउनेको संख्या नै धेरै हुन्छ । विराटनगर महानगरपालिका घरनक्सा फाँटका अनुसार पछिल्लो समय बाटो छेउ सटर बन्ने क्रम ८० प्रतिशतले बढ्दो छ ।

तर, यसरी बनेका सटर बन्द हुने क्रम पनि बढेको छ । घर निर्माण सुरु हुँदा नै सटर भाडामा लिनेबीच प्रतिस्प्रर्धा चल्ने कुनै बेलाको समय अहिले विस्तारै सुस्ताएको हो । सटरमा हुने व्यापारमा विस्तारै मन्दी देखिन थालेपछि हतार–हतार भाडामा लिएर पसल थापिहाल्नेहरु पनि सतर्क देखिन थालेका हुन् । महानगरपालिकाको भित्री सडकमा मात्र नभई व्यस्त बजारमा समेत सटर खालि रहेको सूचना टाँस गर्नेको संख्या दैनिक बढिरहेको छ । विराटनगर ९ हस्पिटल चौकमा किराना पसल गर्दै आएका भरत साह सटर खालि हुनुको प्रमुख कारण लामो समय व्यापार ठप्प हुनुलाई मान्छन् ।

कोरोना संक्रमण सन्त्रास र लकडाउनले थपिएका व्यवसायी पहिलेको जस्तो व्यापार विस्तारमा लगानी गर्न हच्किएका हुन् । उनीहरु व्यापार विस्तार गर्ने वा नयाँ खोल्ने कुरामा हतारोमा छैनन् । त्यसका कारण विराटनगरका सटरमा ‘टु–लेट’ सुचना जताततै देख्न थालिएको छ ।
विराटनगरमा पछिल्ला वर्षमा व्यापारिक महलको दवदवाले समेत बजारको सटर व्यापारलाई असर पु¥याएको छ ।

एउटै छानोमुनी सबै प्रकारका उपभोग्य वस्तुको उपलब्धताले बजारको तल्लो चोक र माथिल्लो चोक गर्ने बानि परेका उपभोक्तालाई व्यापारिक महलले तानेको छ । भाटभटेनी, सेन्ट्रलमहल र आर.के. सिटी सेन्टर जस्ता सुविधा सम्पन्न व्यापारिक केन्द्रमा उपभोक्ताले रुचाउने जति सामान न्यून मूल्यदेखि उच्च मूल्यसम्मका पाइन्छन् । त्यसको असर विराटनगरको मेन रोडमा रहेका खाद्यन्न, कपडा तथा जुत्ताचप्पल व्यापारीमा समेत देखिदैं गएको जानकारहरुको दावी छ ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापा व्यापारमा मन्दि छाएको स्वीकार्छन् । औद्योगिक र व्यापारिक स्वर्णीमभूमि भनेर चनिने विराटनगरको आजको अवस्था दयनिय छ, संघका अध्यक्ष थापाले भन्नुभयो–सरकारको नीतिले समेत यसलाई प्रभाव पारेको छ । सीमा क्षेत्रको बजारमा सुस्त व्यापार चल्ने र त्यसलाई सरकारको निरन्तर कर बृद्धिले असर पु¥याउने गरेको अध्यक्ष थापाको दावी छ । सरकारले कारोबार र करमा उचित मापदण्ड कायम गर्नुपर्ने व्यवसायीहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्