विप्लव माओवादी खोज्दै मोरङ प्रहरीको टोलि, मिक्लाजुङका एकजना हतियारसहित पक्राउ

विप्लव माओवादी खोज्दै मोरङ प्रहरीको टोलि, मिक्लाजुङका एकजना हतियारसहित पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको पूर्व–उत्तर मोरङमा बढेको सुचना पाएपछि मोरङ प्रहरीको टोलिले सक्रियता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा निस्केको टोलिले मिक्लाजुङ गाउँपालिका तथा उर्लाबारीका विभिन्न स्थानमा निगरानी गरेको छ ।

विप्लव माओवादीको सक्रियता बढेको सुचना पाएपछि गएको टोलिले मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठलाई हतियारसहित पक्राउ समेत गरेको छ ।

५८ वर्षीय श्रेष्ठले हातहतियार लुकाईछिपाई राखिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार उनको घरबाट हतियार बरामद गरेको थियो । प्रहरीले टोटा बन्दुक (१२ बोर) थान १, यसमा लाग्ने खाली खोका ३ थान, ५०० ग्राम बारुद र दुई थान मोवायल बरामद गरेको जनाएको छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दामा आवश्यक थप अनुसन्धान भईरहेको मोरङ प्रहरीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्