म नारी त्यतिबेला देखि कमजोर थिए, जतिबेला मेरो जन्म भयो …..

म नारी त्यतिबेला देखि कमजोर थिए, जतिबेला मेरो जन्म भयो …..

एन्जु शिवाकोटी
विराटनगर । म दुर्गा, म अम्बे, म काली, म लक्ष्मी जे हुँ तर हुँ त नारी । म त्यतिबेलादेखि कमजोर थिए जतिबेला मेरो जन्म भयो । भन्दैन समाजले, भन्दैन परिवारले अनि भन्दैन धर्मले की नारी कमजोर हुन्छन् । बरु त्यसको प्रमाण प्रत्यक्ष–अप्रत्यक्ष देखाई दिन्छन् ।
धर्मले नारीलाई उच्च स्थानमा राखेको छ र माता दुर्गाको नाम पनि दिएको छ । कालि भद्रकालि के के नाम छन् देविका । तर, एउटा नारीको वर्णन उसको पहिचान सुन्दरतासँंग गरिएको छ । के नारीको पहिचान सुन्दरतासँग मात्र सिमित छ ?

हिन्दु धर्ममा मात्र होइन संसारको त्यस्तो कुन धर्म छ जहाँ उच्च स्थानमा राखिएको होस् । र भनिएको होस् तिमी पुरुष सरह छौं । मानिसले जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्डमा कहाँ छिन् नारी ? सबै कर्म पुरुषले मात्र किन ? अनि अझ भनिन्छ असल नारी त्यो हो जो पतिव्रता हुन्छे । पत्नीव्रता चाँही किन हुदैन ?
हो त्यसैले म नारी जन्मेको दिन देखिनै कमजोर छु । म आफै कमजोर कदाचित होइन किनकी मैले गरेका कर्म पुरुषलाई पछाडी पार्ने पनि छन्, यदाकता । तर, त्यस्तो कर्म गर्ने म नारी हातका औंलामा अटाउँछु । किन सबै नारी पुरुषको बराबरीमा आउन सकेनन् ? कसले रोक्यो ? कसरी पुरुष भन्दा कोसौ दुर पछाडी छुटे नारी ? कसले कमजोर बनायो नारीलाई ?

म नारी, मलाई धर्मले कमजोर बनायो । मलाई समाजले कम्जोर बनायो । मलाई मेरो परिवारले कम्जोर बनायो । मलाई हेर्ने प्रत्येक पुरुषका आँखाले कमजोर बनायो । अनि आफै भित्रको हिनताबोधले कम्जोर बनायो । त्यसैले त म आफ्नो मर्जिले साश फेर्न पनि सक्दिन त्यसैले त म नारी जन्मेको दिन देखि कमजोर छु ।
जब एउटा घरमा सन्तानको रुपमा छोरी जन्मिछिन् तब भनिन्छ लक्ष्मीको जन्मभयो । बाबु आमा परिवार सबै खुसी हुन्छन् सन्तान प्राप्ती भयो भनेर । तर तपाईहरुले कहिले महशुस गर्नुभएको छ छोरा र छोरी जन्मिदाको बधाई कसरी दिइन्छ ? छोरीको जन्म हुँदा–“ल बधाई छ तपाईको घरमा लक्ष्मीले प्रवेश गरिछन् ।” तर छोराको जन्म हुँदा के भनिन्छ थाहा छ ? –“ल है बधाई छ वंश थाम्नेको जन्म भएछ ।”
छोरीले जन्म लिदा पनि बधाई पाउनु भयो छोराले जन्म लिदा पनि अन्तर के छ त दुबैमा ? छोरीलाई त अझ सम्मान गरेर देवीको संज्ञा दिइएको छ । छोरीले जन्म लिदा ल बधाई भनियो । छोराको जन्म हुँदा ल है बधाई छ भनियो ।

हेर्दा कति सामान्य शब्द छ है तर यो एक शब्द भित्र लुकेको भिभेदलाई तपाई आफै अनुमान लगाउनहोस्ु कती छ भनेर ।
अझ भनिएको छ वंश थाम्ने । अनी छोरी चाँही केहो ? नौ महिना आमाको कोखमा छोरा छोरी उसै गरी बसेका थिए । उनी उतिकै पिडा सहेर आमाले जन्म दिएकी थिइन् । तर छोरी किन वंश हुन सकिनन् ? त्यसैले त म धर्तीमा पाइला राखेको दिनबाटै कम्जोर छु ।
नारी वास्तवमा हो को ? जसको न थर छ न उसको कुनै घर नै । जुन पुरुषले विवाह गर्यो तेही जातको कसरी हुन्छे नारी ? जुन घरमा जन्म लिएकी थि त्यो घर किन हुदैन उसको ? कारण उ नारी हो ।
जसको आफ्जो पहिचान समेत पाउने अधिकार दिन नसक्ने विचौलियाहरुले कसरी फुर्ती लाउन सके नारी पुरुष बराबरी भन्दै । यहाँ कुनै नारीलाई बराबरीको हक चाहिएको छैन । चाहिएको छ त साथ जुन यो समाज दिन चाहदैन ।

म नारी जन्मेको केही दिनमा नै कलत्कार हुन्छु मेरो उमेर के हो र म को हुँ भन्ने कुराको समेत ज्ञान हुन नपाउदै । म नारी आफ्नो सबै खुसी चाहानालाई मारेर श्रीमानको जीवनको सहयात्री बन्छु तब नशामा मलाई मुर्छा पर्ने गरी पिट्छै । म नारी जसले तिमीलाई जन्म दिए हुर्काए हजारै कष्ट सहेर तिमीलाई सक्षम बनाए तब मलाई वृद्धाआश्रममा लगेर छोडी दियौ ?
मलाई तिम्रो यस राज्यमा केही चाहिदैन पुरुष केवल मेरो शास न थुनिदेउ । म आफ्नो मर्जिले शास फेर्न सकुम् । नारी पुरुष बराबरी त केवल एकादेशको कुरा मात्र हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्