राष्ट्रिय क्रिकेट टिमको कप्तान, उपकप्तान सहित ३ खेलाडी र १ कर्मचारीमा कोरोना

राष्ट्रिय क्रिकेट टिमको कप्तान, उपकप्तान सहित ३ खेलाडी र १ कर्मचारीमा कोरोना

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु हुनु अघि मंसिर ९ गते खेलाडी, कर्मचारीहरुको स्वाब संकलन गरेको थियो ।
नेपाल क्रिकेट संघका अनुसार कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएको छ । क्यानका कर्मचारी प्रदीप लामामा समेत सङ्क्रमणको पुष्टि भएको छ । चारैजना रिपोर्ट निगेटिभ नआएसम्म अलग्गिएर बस्नेछन् ।
कप्तान मल्लले समेत सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको उल्लेख गर्नुभएको छ । कुनै लक्षण नदेखिएको र आफू स्वस्थ्य देखिएपनि कोरोना सङ्क्रमणको पुष्टि भएकोले सङ्क्रमण नियन्त्रणका लागि आफू केही दिनका लागि क्वारेन्टिनमा बस्ने उहाँले लेख्नुभएको छ ।
नेपाल क्रिकेट संघले मंसिर १० गतेदेखि नै बन्द प्रशिक्षण सुरु गर्ने जनाएको थियो । कोरोना पोजेटिभ हुने खेलाडी बन्द प्रशिक्षणमा सहभागी नहुने संघले उल्लेख गरे बमोजिम प्रशिक्षणका लागि अर्को पाँच जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।
क्यानले बुधबार बेलुकी बन्द प्रशिक्षणमा सहभागी हुने पाँच जना खेलाडीको सूची थपेको छ । बिक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकेश बम बिहीबारबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।
आगामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।

गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्