यज्ञराज पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

यज्ञराज पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ । बुधबार गठित सञ्जालका सहसंयोजकमा निर्मला अधिकारी र सदस्य सचिवमा बाबुराम भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहनुभएको छ ।

नवगठित सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सूचना सञ्जालले स्थानीय तहलाई अझ मजबुज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईँले सूचना माग्नु नागरिकको अधिकार भएको जनाउँदै निर्धक्कताका साथ आवश्यक सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जारा, पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठलगायतले संविधानप्रदत्त सूचनाको हकको उपयोगका लागि प्रत्येक सर्वसाधारण जागरुक बन्नुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्