कन्याममा मुख्यमन्त्रीको घोडचढी

कन्याममा मुख्यमन्त्रीको घोडचढी

विराटनगर । पर्यटन गतिविधि सकारात्मक दिशातर्फ उन्मुख हुँदैछ भन्ने सन्देश दिनेगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा पुगेर घोडा चढेर सकारात्मक सन्देश दिनु भएको छ । कन्याम घुम्न पुग्ने पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको प्रवद्र्धनको सन्देश दिनु भएको हो ।


कन्याम पुग्ने अधिकांश पर्यटकहरुले यसै गरी घोडा चढेर रमणीय चियाबारी घुम्ने गरेका छन् ।मुख्यमन्त्री राई बिहीबार सुर्योदय नगरपालिकामा मुलुककै पहिलो चिया प्रशोधन केन्द्रको भवन शिलान्यास गर्न पुग्नु भएको थियो ।
इलाम जाने क्रममा मुख्यमन्त्री राई र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले कन्यामको चिया बगान घोडामा चढेर घुम्नु भएको हो । उहाँहरुको साथमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र प्रदेशसभा सदस्य काजिमान कागते समेत सहभागी हुनुभएको थियो ।

प्रदेश १ को रमणीय र प्राकृतिक सुन्दरताको अनुपम नमुनाको रुपमा रहेको इलाममा बिस्तारै पर्यटकीय गतिविधि सुरु भएको छ । कोरोना महामारीको कारण ठप्प रहेको पर्यटन गतिबिधि पछिल्लो समयमा विस्तारै खुकुलो हुँदै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्